माओवादीको निर्वाचित जनप्रतिनिधिलाई हिमालय होटलमा पार्टी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी दिने भएको छ । कुपण्डोलको पाँचतारे होटल हिमालयमा आज बेलुकी ७ देखि नौ बजेसम्म पार्टी आयोजना गरिएको हो । माओवादीले अहिले कुमारी हलमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिरहेको छ ।

सोही कार्यक्रममा सञ्चालकले हिमालय होटलमा पार्टी आयोजना गरिएको जानकारी गराएका थिए । अभिमुखीकरणमा देशभरका माओवादी जनप्रतिनिधिहरु उपस्थित छन् ।

 

 

यस चुनावमा माओवादी केन्द्रले ५ हजार ४५ पद जितेर तेस्रो भएको छ । जसमा २५ मेयर, ९६ गाउँपालिका अध्यक्ष, ३३ उपमेयर, ९५ गाउँपालिका उपाध्यक्ष छन् । यस्तै १ हजार ५३ वडाध्यक्ष, ९६३ महिला सदस्य, ९७३ दलित महिला सदस्य, १ हजार ८०७ खुला सदस्य माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...