देउवा सरकारको उपहार, पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रूपैयाँ कर



हाम्रो इकोनोमि

 

 

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। यो हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिइसकेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

नेपाल आयल निगमले पेश गरेको पछिल्लो विवरणअनुसार भारतबाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय १७ रूपैयाँ १८ पैसा छ। सवारी भन्सार करका रूपमा २५ रूपैयाँ २३ पैसा लाग्छ। यस्तै सडक मर्मतसम्भार शुल्क चार रूपैयाँ लाग्छ। प्रदूषण कर एक रूपैयाँ ५० पैसा लाग्ने गरेको छ। पूर्वाधार कर १० रूपैयाँ लाग्दै आएको छ। मूल्यअभिवृद्धि कर २० रूपैयाँ ७१ पैसा लाग्ने गरेको छ। मूल्य स्थिरिकरणको शुल्कअन्तर्गत एक रूपैयाँ ८० पैसा लाग्दै आएको छ।

यसरी अहिले सरकारलाई ६३ रूपैयाँ २३ पैसा कर गइरहेको छ। अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि त्यसमध्ये १० रूपैयाँ घट्न सक्ने देखिएको छ। अहिलेकै खरिद मूल्यअनुसार हो भने पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७० रूपैयाँ हुन्छ। तर आयल निगमले अहिले पनि पेट्रोलमा एक अर्ब रूपैयाँ घाटा खाइरहेको छ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलियम पदार्थको पूर्वाधार कर घटाउन सरकारले आफू मातहतका भन्सार कार्यालयहरूलाई नै निर्देशन दिनुपर्छ। ‘यस्तो निर्देशनपछि भन्सार कार्यालयहरूले पूर्वाधार कर घटाएर पेट्रोलियम पदार्थ पठाउने गर्दछन्,’ उनले भने, ‘सरकारले पूर्वाधार कर घटाएको जानकारी मात्रै आयल निगमलाई दिए हुने हो। तर हालसम्म हामीलाई उहाँहरूले सूचना पनि दिनुभएको छैन।’

भन्सारबाट पूर्वाधार कर घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन गाह्रो हुने उनले बताए। ‘अहिले नै हामीलाई पेट्रोल, डिजेललगायतमा घाटा छ। त्यो घाटा परिपूर्ति गर्न नै घटाइएको करको उपयोगिता हुनेछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...