कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले ‘कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ?’ भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन् ।

‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताउनुभएको रहेछ । अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन । अर्थमन्त्रीज्यूलाई मेरो गम्भीर प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा-स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?’, भट्टराईले प्रश्न गरे ।

यसपटकको बजेट गन्तव्यहीन भएको टिप्पणी गर्दै भट्टराईले बजेटले मुलुकको हित नगर्ने बताए । ‘यो चौबाटोमा उभिएको बजेट हो । गन्तव्य प्रष्ट नभएकोले यो कतै पनि जाँदैन । यो अल्मलिएर चौबाटोमै बस्छ र यसबाट मुलुकलाई कुनै हित हुनेवाला छैन’, उनले भने ।

प्रतिनिधिसभामा २ घण्टा ५५ मिनेटसम्म शान्तिपूर्वक बजेट वाचन गर्नु नै अर्थमन्त्रीको सफलता भएको व्यंग्य भट्टराईले गरे । यसपटक अर्थमन्त्रीज्यूले बोक्नुभएको बजेट वक्तव्यको ब्रिफकेश तोडफोड भएन । संसदमा माननीय सदस्यहरु बस्ने कुर्सी भाँचिएनन्, संसदका माइकहरु भाँचिएनन् र अर्थमन्त्रीले शान्तपूर्वक २ घण्टा ५५ मिनेट लगाएर बजेट पढ्न पाउनुभयो । सायद हाम्रो लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व हुँदै गएको छ’, भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...