सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो बजेट : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावी सरकारले बजेट नभई घोषणापत्र ल्याएको बताउनुभयो । मंगलबार संसदमा बजेटमाथि छलफल गर्दै उहाँले चुनावी सरकारले आउँदो सरकारलाई बोकि नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको बताउनुभयो । ‘यो चुनावी सरकार हो ।

आउने सरकारलाई बोकी नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको छ । संकटपूर्ण अर्थतन्त्र सम्बोधन गर्ने खालको बजेट आउनु पर्‍थ्यो ।’ उहाँले भन्नुभयो , ‘सारतः यो बजेट सत्तारुढ गठबन्धनको चुनावी पर्चा वा घोषणापत्र जसरी आएको छ । भोट बटुल्ने उद्देश्यले आएको छ ।’

आर्थिक परिसूचक नकारात्मक बन्दै गएको उहाँको दाबी छ। पूर्व अर्थमन्त्री पौडेलले पाँच महिनाको चुनावी सरकारले पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको बताउनुभयो । उहाँले बजेटमा अर्थतन्त्रको चुनौतीलाई वेवास्था गरिएको टिप्पणी गर्नूभयो । पौडेलले निबन्ध रुपी बजेटले कुनै डेलिभरी दिन नसक्ने बताउनुभयो । उहाँले यो बजेट गोश्वारा भाषामा लेखिएको निवेदन जस्तो भएको भन्दै व्यङ्गयसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...