सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो बजेट : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावी सरकारले बजेट नभई घोषणापत्र ल्याएको बताउनुभयो । मंगलबार संसदमा बजेटमाथि छलफल गर्दै उहाँले चुनावी सरकारले आउँदो सरकारलाई बोकि नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको बताउनुभयो । ‘यो चुनावी सरकार हो ।

आउने सरकारलाई बोकी नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको छ । संकटपूर्ण अर्थतन्त्र सम्बोधन गर्ने खालको बजेट आउनु पर्‍थ्यो ।’ उहाँले भन्नुभयो , ‘सारतः यो बजेट सत्तारुढ गठबन्धनको चुनावी पर्चा वा घोषणापत्र जसरी आएको छ । भोट बटुल्ने उद्देश्यले आएको छ ।’

आर्थिक परिसूचक नकारात्मक बन्दै गएको उहाँको दाबी छ। पूर्व अर्थमन्त्री पौडेलले पाँच महिनाको चुनावी सरकारले पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको बताउनुभयो । उहाँले बजेटमा अर्थतन्त्रको चुनौतीलाई वेवास्था गरिएको टिप्पणी गर्नूभयो । पौडेलले निबन्ध रुपी बजेटले कुनै डेलिभरी दिन नसक्ने बताउनुभयो । उहाँले यो बजेट गोश्वारा भाषामा लेखिएको निवेदन जस्तो भएको भन्दै व्यङ्गयसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...