तारागाउँ डुबाउने अध्यक्ष प्रल्हाद न्यौपाने बर्खास्त



 

 

ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ्ग गरेर सरकारी सम्पत्ति संरक्षणमा वेवास्ता गरेको आरोप लागेका तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले न्यौपानेलाई  बर्खास्त गरेका हुन् । २०७९ जेठ १६ गते अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता भएको स्राेत बताउछ ।

अध्ययक्ष न्यौपाने भने आफूले आफ्नै भ्रमण आदेश स्वीकृत गरी भैरहवातिर हानिएकाे बताईएको छ । न्यौपानेमाथि आर्थिक अनियमितताको पनि आरोप लागेको छ ।   समितिको ऐनमा अध्ययक्ष पद आलंकारिक हुने भएपनि न्यौपाने नियमित कार्यालय जाने र अवैध रूपमा मासिक तलब सुविधा समेत लिने गरेका छन् । कानूनी रुपमा त्यसरी सुविधा लिन नपाईने भएपति कर्मचारीलाई हप्कीदप्की गरेर निर्णय गराएका छन् । त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएपनि कारबाही भने गरेको छैन ।

अध्यक्ष हैसियतमा बैठक भत्ताबाहेक अरु सुविधा नपाउने भएपनि अनधिृकत रुपमा विभिन्न सेवासुविधा लिने गरेको भन्दै मन्त्रालयमा यसअघि नै उजुरी गरेको थियो । समितिका कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेको पनि न्यौपानेमाथि आरोप छ । त्यही दुर्व्यवहारका कारण ६ महिनामा नटिकी कार्यकारी निर्देशक झपिन्द्र ज्ञवालीले राजीनामा दिएर हिंडेका थिए । ज्ञवालीले राजीनामा मन्त्रामलयमा बुझाउने क्रमममै अध्यक्ष न्यौपानेमाथि गम्भीर प्रश्न उठाएका थिए । झन्डै ६ महिना पहिला ज्ञवालीले राजीनामा दिएका हुन् । त्यसयता पनि न्यौपानेको हर्कत भने कम भएका थिएनन् ।

उल्टै कर्मचारीलाई धम्की दिने र आफ्नो सुविधाका लागि निर्णय गराउने गरेका थिए । कार्यकारी निर्देशकका लागि खरिद गरिएको गाडी पनि अध्यक्ष न्यौपानेले कब्जा गरेका छन् । उनले नियमित प्रयोग गर्दै आएका छन् र अहिले बर्खास्त भएपछि पनि उनले गाडी बुझाएका छैनन । न्यौपानेको डाईभरले गाडी न्यौपानेको घरमा राखिदिएका छन् ।  समितिले कार्यालयमा ल्याईदिनु भन्दा पनि अटेर गरेको समितिका कर्मचारीले बताएका छन् । त्यसो त, समितिको कार्यालय भएको घर भाडामा लिएको विषय पनि विवादमा रहेको छ ।

 

मासिक १ लाख रुपैयाँ भाडा तिर्ने गरी अधिवक्ता टीकाराम भट्टराईको घर अनामनगरमा भाडामा लिएको छ । तर, भट्टराई स्वयम् भने उक्त समितिको कानूनी सल्लाहकार समेत रहेका छन् । दोहोरो स्वार्थ जोडिएको भन्दै अध्यक्ष न्यौपानेको निर्णयमाथि पटकपटक प्रश्न उठेको छ । तर, अहिलेसम्म उक्त निर्णय पनि सच्च्याईएको छैन । अध्यक्ष न्यौपानेका कारण विगत ९ महिनादेखि बोर्ड बैठक पनि बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्