तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये दश जनाको सव काठमाडौँ ल्याइदै, मन्त्री आले सहितको टोली विमानस्थलमा



 

 

 

 

प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका मध्ये दश जनाको सव अहिले काठमाडौँ ल्याइदै छ । त्रिभुवन विमानस्थल स्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबक्ता टेकनाथ सिटौँलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको सव भेटिएको र त्यस मध्ये पहिलो चरणमा दश जनाको सव काठमाडौँमा ल्याइदै छ । प्रतिकुल मौषमका कारण अर्का एकजनाको सव खोजी कार्य भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दश जनाको सव बोकेर नेपाली सेनाको एमआइ १७ नामक हेलिकप्टर अहिले पोखराबाट काठमाडौँलागि उडेको छ ।

सवको उद्धार तथा आवश्यक वेवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने सहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइ रहेको छ । भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ सव मध्ये ११ वटा सव घटना स्थलमै रहेको र मौषममा सुधार आए पछि पोखरा ल्याइने उद्धार टोलीले जनाएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक सहित २२ जना सवार रहेका थिए ।

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ