मौलापुरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्विरोध



हाम्रो इकोनोमि

 

 

रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् । नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।

मौलापुर नगरपालिका वडा नम्बर २ कि अनिता देवी राम, वडा नम्बर ४ कि शान्ति पासवान तथा बुधिया देवी, वडा नम्बर ६ कि प्रतिमा देवी र वडा नम्बर ९ कि आशा देवीको उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का वैजनाथ साह कलवार, वडा नम्बर ६ का चन्देश्वर बैठा र वडा नम्बर ५ का सुनिल कुमार साह कानुले उम्मेदवारी दिएका थिए । सबै सदस्य सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...