गणतन्त्र दिवसमा यस्तो छ एमाले अध्यक्ष ओलीको सन्देश



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न षडयन्त्रका कारण थाँती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने अठोट गर्नुभएको छ । गणतन्त्र दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो यस्तो अठोट गर्नुभएको हो ।

उहाँले आफ्नो पार्टी नेकपा एमाले लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पूरा गर्ने पार्टी भएको पनि प्रष्ट पार्नुभएको छ ।  ‘जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने छ,’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ।

अध्यक्ष ओलीले सर्वाेच्च अदालतको परमादेशपछि मुलुकमा संमृछिको यात्रामा अल्पबिराम लागेको पनि बताउनु भएको छ । ‘जनताकको बलिदानीपुर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संबिधानले परिभाषित गरेकोराज्यका अंगहरुलाई दुरुपयोग गरी संबिधान र प्रणालीको अतिरिक्त ब्याख्या, अपब्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ । यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संबिधान र संबैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामाथि समेतचोट पुर्यायो । फलस्वरुप आज मुलुकको बिकासका सम्पुर्ण कामहरुमा अल्पबिराम लागेका छन र केही बर्षयता सुरु भएको बिकासको राष्ट्रिय बहशको ठाउँ सत्ताशक्तिहरुको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको छ,’ शुभकामना सन्दशमा ओलीले भन्नुभएको छ ।

अध्यक्ष ओलीले संबिधानसभाबाट जारी भएको संबिधानले मुलुकमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित ब्यवस्था हटाएको उल्लेख गर्नुभएको छ । ‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वाच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो,’ सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ, ‘यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो ।’ यसै परितवर्नत पछि नेपालले संघ, प्रदेश र स्थानीय तहको अभ्यास गरिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...