सरसफाई मजदूरलाई तालिमको व्यवस्था गर्न मन्त्री आलेद्धारा निर्देशन



 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालय अन्तर्गतका निकाय तथा विभागमा कार्यरत सरसफाई मजदूर (कर्मचारी) लाई सरसफाई तालिमको व्यवस्था गर्न निर्देशन दिनु भएको छ । सफाई अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा एक साता पहिले मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाई अवस्थाको प्रतिवेदन आज बुझ्नु हुँदै मन्त्री आलेले उक्त निर्देशन दिनु भएको हो । अभियन्ता शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका सांस्कृतिक, पर्यटकीय तथा व्यवशायिक महत्वका स्थानको एक हप्ता लगाएर सरसफाइ अवस्थाको अनुगमन गर्नु भएको थियो ।

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तर्गतका विभाग तथा निकायहरुमा कार्यरत सरसफाई कर्मचारीहरुलाई तत्काल तालिमको व्यवस्था गर्न सम्बन्धित निकायका प्रमुखहरुलाई आज शुक्रबार निर्देशन दिनु भएको हो । मन्त्री आलेले प्रतिवेदन बुझ्नु हुँदै सम्बन्धित निकायहरुले तत्काल सफाई मजदुरलाइ आफ्नो पेशा प्रति गौरव हुने र सीपयुक्त बन्ने गरि तालिमको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ भनेको हाम्रो स्वास्थ्यका लागि नभइ नहुने कुरा हो, मन्त्रालय मातहतका विभाग तथा कार्यालय टिलिक्क टल्किनु पर्छ र सफा सुग्घर राख्नु पर्छ ।” अनुगमन प्रतिवेदनको निष्कर्षमा प्रतिवेदक शर्माले सफाई मजदुरहरुमा तालिमको व्यवस्था हुनुपर्ने, सरसफाइका उपयुक्त सरसामान तथा रसायनको हरुको प्रयोग हुनु पर्ने तथा प्रभावकारी अनुगमन हुनुपर्ने जानकारी दिनु भएको थियो ।

पहिलो चरणमा पर्यटकहरुको बाक्लो आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाई मजदूरहरुलाइ तालिम दिन र त्यहाँको कामको प्रभावकारी अनुगमन गर्न पनि मन्त्री आलेले निर्देशन दिनुभयो । मन्त्री आलेलाई प्रतिवेदन हस्तान्तरण गर्दै सरसफाई अभियन्ता शर्माले नेपालका सरसफाई मजदुरलाइ पेशागत प्रशिक्षा दिने मन्त्री आलेको निर्देशनबाट आफु निकै खुशी भएको बताउनुभयो । सरसफाई पेशालाइ सम्मानित र गौरवयुक्त बनाउन तथा मन्त्रालय अन्तरगतका कार्यालयहरुको सरसफाइको अवस्थामा आमूल परिवर्तन गर्न मन्त्री ज्युको निर्देशन एतिहासिक हुने मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री ज्यु लगाएत सिङ्गो मन्त्रालय परिवार र निकायका प्रमुखहरु सरसफाई प्रति गम्भीर हुनु भएको छ, मन्त्रालय मातहतका सबै निकाय, कार्यालयहरु तथा विभाग सफा र सुग्घर हुने छन् । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्