बालेन र सुनिताले सोमबारबाट पदभार सम्हाल्ने



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार हुने भएको छ । भोलि र पर्सी सार्वजनिक बिदा भएकाले बालेन साहले मेयरको कुर्सीमा बस्न थप तीन दिन प्रतिक्षा गर्नुपर्ने भएको हो ।

काठमाडौंको हिजो राति मतगणना सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाइ दियो । त्यसपछि बालेनको विजयोत्सव चलिरहेको छ ।

उपमेयरमा निर्वाचित सुनिता डंगोलको पनि आज संक्षिप्त र्‍याली थियो । भोली उनीसहित काठमाडौंमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी छ ।

सोमबार महानगरपालिकामा सपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले औपचारिकरुपमा पदभार ग्रहण गर्ने छन् । उनीहरुको कार्यकाल पाँच वर्षको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...