जनताको शासक होइन सेवक बन्न तत्पर छु : काठमाडौंकी उपमेयर डंगोल



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’

जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्,’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।’

युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने डंगोलको जिकिर छ । खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न सुझाव दिंदै युवाहरूलाई उनलाई आग्रह गरिन्, ‘एक अर्कालाई खुट्टा तान्ने र आलोचना गर्नेमा हाम्रो इनर्जी खर्च गर्नहुँदैन । क्रियटिभ र इनोभेटिभ काममा लाग्नुपर्दछ । युवाले राजनीतिमा लाग्नु हुँदैन भन्ने मानसिकता नराखेर युवा अघि बढेकाले आशाको दीप बढेको छ । यो दीपलाई कदापी मर्न दिने छैनौं ।’

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...