काठमाडौं महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल भारी मतले निर्वाचित
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित निर्वाचित भएकी छिन् । नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा डंगोल विजयी भएकी हुन् । डंगोल ६८ हजार ६१२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले २३ हजार ८०६ मत पाए । डंगोलले ४४ हजार ८०६ मतान्तरका साथ श्रेष्ठलाई पराजित गरेकी हुन् । सुनिता डंगोलले २०७९ को वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत र मतान्तर पाउने कीर्तिमानी बनाउनुभएको छ ।