प्रभु साहको निर्वाचन क्षेत्रमा दोस्रो नगरपालिकामा एमालेको जित



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रको दोस्रो नगरपालिकामा एमालेले जित निकाल्न सफल भएको छ । पूर्वमन्त्री साहको क्षेत्र रौतहट ३ मा पर्ने देवाही गोनाही नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार प्रेमलाल साह निर्वाचित भएका छन् । गठबन्धनको अगुवाई गरेका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मधुलिका पटेललाई साहले ४९५ मतले पराजित गरेका हुन् । भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार साहले ४ हजार २९२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी जसपाकि पटेलले ३ हजार ३९७ मत पाएका हुन् । नवनिर्वाचित साह भुमिहिन गरिब परिवारका सदस्य हुन् । समाजमा लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने प्रेमलाल साहलाई जिताउन प्रभु साह सफल भएका हुन् ।

त्यस्तै उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार परनिया देवी पटेल निर्वाचित भएकी हुन् । निवर्तमान उपमेयर समेत रहेकी पटेलले गठबन्धनको उम्मेदवार इश्वरीलाल यादवलाई ८६५ मतले पराजित गरेकी हुन । पटेलले ४ हजार ४४५ मत पाउँदा यादव ३ हजार ५८० मतमा सीमीत भएका हुन् । यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गरेकी थिइन् । मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका थिए । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...