भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी



हाम्रो इकोनोमि

 

 

स्थानीय तह निर्वाचनमा बहुचर्चित चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्री रेनु दाहाल भारी मतान्तरसहित निर्वाचित भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दाहाल एमालेका उम्मेदवार विजय सुवेदीलाई पराजित गर्दै भरतपुरको मेयरमा निर्वाचित भएकी हुन् ।

अन्तिम मतपरिणाम अनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गरिन् भने प्रतिस्पर्धी सुवेदी ३९ हजार ५ सय ८१  मै सीमित भए । त्यस्तै मेयरमा बागी उम्मेदवार दिएका नेपाली कांग्रसका जगन्नाथ पौडेल तेस्रो भए ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । राप्रपा उम्मेदवार हिमला गुरुङलाई पराजित गर्दै अधिकारी उपमेयरमा निर्वाचित भएका हुन् । अधिकारीले ५२ हजार ८ सय ३ मत पाए भने प्रतिस्पर्धी गुरुङले ३० हजार ६ सय १२ प्राप्त गरिन् । नतिजाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...