भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी



हाम्रो इकोनोमि

 

 

स्थानीय तह निर्वाचनमा बहुचर्चित चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्री रेनु दाहाल भारी मतान्तरसहित निर्वाचित भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दाहाल एमालेका उम्मेदवार विजय सुवेदीलाई पराजित गर्दै भरतपुरको मेयरमा निर्वाचित भएकी हुन् ।

अन्तिम मतपरिणाम अनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गरिन् भने प्रतिस्पर्धी सुवेदी ३९ हजार ५ सय ८१  मै सीमित भए । त्यस्तै मेयरमा बागी उम्मेदवार दिएका नेपाली कांग्रसका जगन्नाथ पौडेल तेस्रो भए ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । राप्रपा उम्मेदवार हिमला गुरुङलाई पराजित गर्दै अधिकारी उपमेयरमा निर्वाचित भएका हुन् । अधिकारीले ५२ हजार ८ सय ३ मत पाए भने प्रतिस्पर्धी गुरुङले ३० हजार ६ सय १२ प्राप्त गरिन् । नतिजाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...