ओलीको गृहजिल्लामा एमालेको एकल बहुमत



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेस र सत्ता गठबन्धनलाई चारवटा पालिकामा प्रमुख जिताउन सहयोगी बनेको नेकपा माओवादी केन्द्र आफू भने कतै पनि जित्न असफल भएको छ । झापाका १४ वटा स्थानीय तहमध्ये ओलीको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र राप्रपा समेतको तालमेल भएको थियो भने अन्यत्र कांग्रेस र माओवादीलेमात्र तालमेल गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई बाहिर राखेका थिए ।

नतिजा आउँदा कांग्रेसले माओवादीको सहयोगमा कम्तीमा तीनवटा पालिकाको प्रमुख जित्यो तर उपप्रमुख पाएको माओवादीले कतै पनि जित निकाल्न सकेन । भद्रपुर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल मेयर बन्दा माओवादीका उपमेयर उम्मेदवार शिवकुमार राजभण्डारी पराजित भए । त्यहाँ राप्रपाकी राधा कार्कीले जितिन् ।

त्यस्तै कमल गाउँपालिकामा कांग्रेसका हुकुमसिंह राई ३ हजार मतान्तरमा अध्यक्षमा बिजयी हुँदा माओवादीका उपाध्यक्ष उम्मेदवार पर्शुराम सुवेदी २५ सय मतान्तरले एमालेकी प्रमिला सुवेदीसँग पराजित भए ।

बुद्धशान्ति गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका मनोज प्रसाई ३ हजार मतान्तरले अध्यक्ष जित्दा उपाध्यक्षमा भने माओवादीका खड्ग तिम्सिना ३ हजार मतान्तरले नै पराजित भए । कांग्रेस र माओवादीले गठबन्धन गरेकामध्ये बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, कनकाइ, गौरादह, बाह्रदशी नगरपालिकामा दुवै पद एमालेले जितेको छ भने मेचीनगर नगरपालिकामा गणना जारी रहँदा गठबन्धन पराजित हुने लगभग निश्चित छ ।

दमकमा भने राप्रपालाई मेयर र कांग्रेसलाई उपमेयर बनाएर माओवादी केन्द्र तथा नेकपा एस मतदातामात्र बनेका छन् । जिल्लाभरीको मतगणना मेचीनगरबाहेक अन्त्रय सकिँदा एमालेले बहुमत पालिका जितेर जिल्ला समन्वय समिति एक्लै गठन गर्ने हैसियत बनाएको छ ।

गणना सकिएकामध्ये कांग्रेसले बुद्धशान्ति, झापा, कचनकवल, कमल, गौरीगञ्ज गाउँपालिका र भद्रपुर नगरपालिकाको मेयर जितेको छ । तीमध्ये झापा र भद्रपुरबाहेक अन्य पालिकाको उपप्रमुख एमालेले जितेको छ । राप्रपाले दमकको मेयर र हल्दिबारी गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष जितेको छ । एमालेले मेची नगर नगरपालिका जित्दै गर्दा बिर्तामोड, अर्जुनधारा, कनकाई, बाह्रदशी, शिवसताक्षी र गौरादह नगरपालिका जितेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...