विराटनगरको उपमेयरमा एमालेकी शिल्पा कार्कीको विजय निश्चित



हाम्रो इकोनोमि

 

 

विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीको करिब जीत सुनिश्चित बनेको छ । कार्कीले निकै फराकिलो मतान्तर २१ हजार ३८३ सहित अग्रता कायम गरिरहेकी छन् । उपमेयरमा गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १२ हजार १ सय ४ मत मात्र पाएका छन् ।

बिराटनगर महानगरपालिकामा अव १४ हजार ३ सय ३७ मत मात्र गन्न बाँकी छ । कार्कीको अहिलेकै मतान्तर ९ हजार २ सय ७९ रहेको छ । त्यस्तै, मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला मेयरमा ६ हजार १४८ मतसहित अग्रस्थानमा छन् ।

अहिलेसम्ममा विराटनगरमा खसेको ८९ हजार ६७८ मतमध्ये ७५ हजार ३४१ मत गणना भएको छ । गणना भएको मतमध्ये कांग्रेसका कोइरालालाई २४ हजार ५ सय ६३ र एमालेका सागर कुमार थापालाई १८ हजार ४ सय १५ मत खसेको छ ।उपमेयरमा कार्कीको मतान्तर निकै फराकिलो भएकाले जीत सुनिश्चित जस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...