१२ नं वडादेखि २७ सम्म गन्दा सबै मेकअप हुन्छ : केशव स्थापित



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार केशव स्थापितले वडा नं २७ को मतले आफ्नो मत बोलिरहेको दाबी गरेका छन् ।  उनले अहिले आफूलाई धेरै बोल्नु नभएको भन्दै मतले नै बोलिरहेको प्रतिक्रिया दिए । ११ नं वडासम्म बालेन साह अघि बढ्छन् भने त्यसपछि १२ देखि २७ सम्म आफ्नो मत मेकअप हुने स्थापितको भनाई छ ।

अहिले म बोल्नु नै छैन। मतले बोलिरहेको छ। मेरो सुधारमात्र होइन राम्रो हुन्छ,’ उनले भने, ‘प्रत्येक वडामा ११ वडासम्म बालेन अगाडि बढ्छ । ८ मा बराबरी हुन्छ । ७ मा अलिकति बढ्छ। १२ देखि मेकअप हुँदै जान्छ।’ उनले वडा नं २७ मा आफ्नो ४ गुणा मत बढी आउने दाबी गरे । ‘१२ देखि लगातार २७ सम्म मेरो राम्रो हुन्छ, अनि हेरौंला । २७ मा मेरो ३ गुणा आएको देख्नुभएन्रु’ उनले अघि भने, ‘अब ३ गुणा होइन ४ गुणा हुन्छ होला ।

काठमाडौं महानगरपालिकाको मतगणनामा धेरैभन्दा धेरैको चासो बढेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुदेखि नै लिएको अग्रता बिहीबार दिउँसो वडा नं २७ को गन्दा भने स्थापितले बढी ल्याएका छन् ।  पछिल्लो मतपरिणाम अनुसार सो वडामा ५ सय मत गन्दा स्थापितले २ सय, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १४६ र बालेन साहले ४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...