१२ नं वडादेखि २७ सम्म गन्दा सबै मेकअप हुन्छ : केशव स्थापित



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार केशव स्थापितले वडा नं २७ को मतले आफ्नो मत बोलिरहेको दाबी गरेका छन् ।  उनले अहिले आफूलाई धेरै बोल्नु नभएको भन्दै मतले नै बोलिरहेको प्रतिक्रिया दिए । ११ नं वडासम्म बालेन साह अघि बढ्छन् भने त्यसपछि १२ देखि २७ सम्म आफ्नो मत मेकअप हुने स्थापितको भनाई छ ।

अहिले म बोल्नु नै छैन। मतले बोलिरहेको छ। मेरो सुधारमात्र होइन राम्रो हुन्छ,’ उनले भने, ‘प्रत्येक वडामा ११ वडासम्म बालेन अगाडि बढ्छ । ८ मा बराबरी हुन्छ । ७ मा अलिकति बढ्छ। १२ देखि मेकअप हुँदै जान्छ।’ उनले वडा नं २७ मा आफ्नो ४ गुणा मत बढी आउने दाबी गरे । ‘१२ देखि लगातार २७ सम्म मेरो राम्रो हुन्छ, अनि हेरौंला । २७ मा मेरो ३ गुणा आएको देख्नुभएन्रु’ उनले अघि भने, ‘अब ३ गुणा होइन ४ गुणा हुन्छ होला ।

काठमाडौं महानगरपालिकाको मतगणनामा धेरैभन्दा धेरैको चासो बढेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुदेखि नै लिएको अग्रता बिहीबार दिउँसो वडा नं २७ को गन्दा भने स्थापितले बढी ल्याएका छन् ।  पछिल्लो मतपरिणाम अनुसार सो वडामा ५ सय मत गन्दा स्थापितले २ सय, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १४६ र बालेन साहले ४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...