गोकुल बाँस्कोटाले जिताउन सकेनन आफ्नै पालिका



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा आफ्नै पालिकामा एमाले जिताउन असफल बन्नुभएको छ । बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा मेयर र उपमेयरमा एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनले जितेको छ ।

गठबन्धनबाट नेकपा एसका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला वाइवाले नेकपा एमालेका विदुरप्रसाद सापकोटालाई पराजीत गर्नुभएको हो । सापकोटाले ८३५१ मत पाउनु भएको छ ।

उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत मात्रै पाउनु भएको छ । मण्डन देउपुर नेकपा एमालेको गढ मानिन्थ्यो । तर यसपटक एमालेले आफ्नो गढ गठबन्धनलाई बुझाउन बाध्य हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...