केशव स्थापितको वडामा मतगणना सुरु



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो ।

प्रारम्भिक मतगणनामा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ८७ मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ७३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहको ४७ मत छ ।

समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।

काठमाडाैंकाे वडा नं २८ पुरानाे बसपार्क र बागबजार आसपासकाे क्षेत्र हाे । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...