रेणुले कटाइन् १० हजार मत, विजय सुवेदीको २ हजार कम



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको वडामा मतगणना सुरू भएको छ । अहिलेसम्म २८६४३ मत गनिसकिएको छ । १ देखि ६ सम्म सकेर अहिले पौडेलको वडामा गन्न सुरू गरिएको छ ।

जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले १० हजार मतको आँकडा पार गरेकी छिन् । रेणुले १० हजार ४ सय ४९ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पौडेलले ४ हजार ६ सय ९६ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४ सय ९६ र राप्रपाकी हिमला गुरुङले ६ हजार ९ सय ९२ मत प्राप्त गरेकी छिन् । सो वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एसका उम्मेदवारले वडा अध्यक्षमा ४ सय ९३ मत ल्याउँदा एमालेका उम्मेदवारले ४ सय मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...