रेणुले कटाइन् १० हजार मत, विजय सुवेदीको २ हजार कम



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको वडामा मतगणना सुरू भएको छ । अहिलेसम्म २८६४३ मत गनिसकिएको छ । १ देखि ६ सम्म सकेर अहिले पौडेलको वडामा गन्न सुरू गरिएको छ ।

जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले १० हजार मतको आँकडा पार गरेकी छिन् । रेणुले १० हजार ४ सय ४९ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पौडेलले ४ हजार ६ सय ९६ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४ सय ९६ र राप्रपाकी हिमला गुरुङले ६ हजार ९ सय ९२ मत प्राप्त गरेकी छिन् । सो वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एसका उम्मेदवारले वडा अध्यक्षमा ४ सय ९३ मत ल्याउँदा एमालेका उम्मेदवारले ४ सय मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...