गुल्मीको मुसिकोट नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले मेयर र उपमेयर पदमा जीत हासिल गरेको छ ।

एमालेका उम्मेदवार जिवन खरेलले गठबन्धनका उम्मेदवारलाई ७९३ मतले हराउँदै मेयर पदमा बिजयी हुनुभएको हो । खरेलले ७३९९ मत ल्याएर बिजयी बन्दा गठबन्धबाट नेपाली कांग्रेसका उम्मेदवार हरिनारायण सापकोटाले ६६०६ मात्रै मत ल्याउनु भएको छ ।

उपमेयर पदमा एमालेकी गंगा श्रेष्ठले ७०११ मत ल्याएर जीत हासिल गर्दा गठबन्धनबाट एकिकृत समाजवादीका श्रीराम महतले ६३२३ मात्रै मत ल्याएर पराजित हुनु भएको छ । जिल्लामा एमालेका विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...