एमाले समाप्त पार्ने गठबन्धनको मोर्चाबन्दी असफल भएको छ : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने पाँच दलीय गठबन्धनको मोर्चाबन्दीलाई असफल बनाउन एमाले सफल भएको दाबी गरेका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँच दलीय गठबन्धन जनमतको हिसाबले तल परेको बताए ।

सेटिङ र धाँधलीका घटनाहरुको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरैठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । चुनावअघि नै कर्मचारी हेरफेर गर्ने र परिणाम प्रभावित गर्ने काम सरकारले गरेको उनले बताए ।

पोखरेलले प्राविधिक रुपमा केही स्थानीय तहमा पराजय भोग्नु परे पनि समग्र जनमतको हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताए । सत्तापक्षले गुण्डागर्दीको सहारा लिएर धेरै ठाउँमा एमालेका कार्यकर्ताको अपहरण र कुटपिट भएको तथा उल्टै पीडितलाई थुन्ने काम गरेको उनले बताए ।

पोखरेलले दुई ठाउँमा एमाले कार्यकर्ताको हत्या भएकोसमेत बताए । पोखरेलले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्तापक्षका कार्यकर्ता बसेर पैसा बाँड्ने काम भएको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...