एमाले समाप्त पार्ने गठबन्धनको मोर्चाबन्दी असफल भएको छ : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने पाँच दलीय गठबन्धनको मोर्चाबन्दीलाई असफल बनाउन एमाले सफल भएको दाबी गरेका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँच दलीय गठबन्धन जनमतको हिसाबले तल परेको बताए ।

सेटिङ र धाँधलीका घटनाहरुको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरैठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । चुनावअघि नै कर्मचारी हेरफेर गर्ने र परिणाम प्रभावित गर्ने काम सरकारले गरेको उनले बताए ।

पोखरेलले प्राविधिक रुपमा केही स्थानीय तहमा पराजय भोग्नु परे पनि समग्र जनमतको हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताए । सत्तापक्षले गुण्डागर्दीको सहारा लिएर धेरै ठाउँमा एमालेका कार्यकर्ताको अपहरण र कुटपिट भएको तथा उल्टै पीडितलाई थुन्ने काम गरेको उनले बताए ।

पोखरेलले दुई ठाउँमा एमाले कार्यकर्ताको हत्या भएकोसमेत बताए । पोखरेलले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्तापक्षका कार्यकर्ता बसेर पैसा बाँड्ने काम भएको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...