भरतपुरमा रेणुको भन्दा सुवेदीको ६१ मत बढी



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ६१ मतको अग्रता लिएका हुन् । विजयले ४ हजार ४ सय मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ९ सय ३९ मत ल्याएकी छिन् । स्वतन्त्र उममेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार १ सय ३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ४ सय ८३ मत ल्याएकी छिन् । मतगणना भइरहेको ४ नम्बर वडामा अघिल्लो निर्वाचनमा एमालेले ७ मतले वडा अध्यक्ष जितेको थियो । जारी मतगणनामा वडा अध्यक्षतर्फ भने कांग्रेसले अग्रता लिएको छ । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले ६ सय ३४ मत ल्याउँदा एमाले उम्मेदवारले ४ सय २८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...