स्थापितभन्दा १४६५ मतले बालेन अगाडि, कुन वडामा कति बढी



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता जारी राखेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १४६५ मतले अगाडि छन् । हाल काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ नम्बरको मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले लिड गरिरहेका छन् । उनको कुल मत ३११० पुगेको छ ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १६४५ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले १६०२ मत ल्याएकी छन् । स्थापित र सिर्जनाबीच ४३ भोटको मात्रै अन्तर छ । बालेनलाई सबैभन्दा बढी भोट ३२ नम्बर वडामा आएको छ । यहाँबाट उनले ६८२ भोट ल्याउँदा स्थापित र सिंहले क्रमशः ३३७ र २९६ भोट ल्याएका छन् ।

यस्तै वडा नम्बर १ मा बालेनले ६२५ भोट ल्याउँदा स्थापितले २९० र सिंहले ३७७ भोट ल्याएकी छन् । वडा नम्बर २ मा बालेनको ६७३, स्थापितको ४३२ र सिंहको २६४ भोट आएको छ ।

यसैगरी वडा नम्बर ३ मा बालेनले ४३५, स्थापितले २४५ र सिंहले ३२२ भोट ल्याइन् । वडा नम्बर ४ मा बालेनले ६४६, स्थापितले २३० र सिंहले ३०१ भोट ल्याएका छन् । सबैभन्दा पछि वडा नम्बर ३१ को मतगणना सुरु भएको छ । यसमा अहिलेसम्म बालेनको ४९ भोट आएको छ भने स्थापित र सिंहले क्रमशः ३२ र ४२ भोट ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...