पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमिति मा निर्वाचित



 

 

 

नेपाली पर्यटन व्यवसायी सुमन पाण्डे प्याशिफिक एशिया ट्राभल एसोशिएसन ९पाटा० को ७१औं साधारण सभाबाट सचिवरकोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । पाटा नेपाल च्याप्टरको पूर्व अध्यक्ष समेत रहनु भएका श्री पाण्डे यस अघि अक्टोबर २०२० मा पहिलो पल्ट मतदान मार्फत सोहि पदमा निर्वाचित हुनुको साथै आगामि २ वर्षका लागि हुने दोश्रो कार्यकाल भने निर्बिरोध निर्वाचित हुनु भएको छ ।

साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटल, रेष्टोरेन्ट, लगायत तीन दशक भन्दा बढी विभिन्न विधामा संलग्न रहनुका साथै ट्रेकिङ एजेन्टस एसोशिएसन अफ नेपाल ९टान० को अध्यक्ष, एयरलाईन अपरेर्टस एसोशिएसन ९आवान० को महा(सचिव, नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्य समितिको सदस्य लगायत बिभिन्न व्यावसायिक नेतृत्वमा संलग्न रहनु भएका सुमन पाण्डे सम्मिलित पाटा कार्यसमितमा हाल टिमोर लिस्ते मा कार्यरत ब्रिटिस नागरिक पिटर सिमोन अध्यक्ष तथा ताईवानका बेन लिआवो उपाध्यक्ष निर्वाचित हुनु भएको छ ।

सन १९७५ देखि नेपाल पाटाको सदस्य रही आएको र नेपाली पर्यटनलाई अन्तराष्ट्रिय प्रसारण लगायत योजना, प्रबद्र्धन, पर्यटकिय सामग्रि, संकट निवारण लगायत विभिन्न क्षेत्रमा पाटा संग नेपालको सहकार्य भै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्