कांग्रेसले फोहोरको राजनीति गर्न नपाउने गरी स्थायी समाधान गर्छु : केशव स्थापित



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले अब काठमाडौंमा कांग्रेसले फोहोरको नाममा राजनीति गर्न नपाउने गरी स्थायी समाधान गर्ने बताएका छन् । उनले काठमाडौंको फोहोरमा कांग्रेसले सधैँ राजनीति गरेको तर समाधान हुन नदिएको आरोप लगाएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मेयर समेत रहेका स्थापितले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले फोहोर मैला विज्ञलाई ठेकेदार सम्झेर १६ करोड मागेको र सो रकम नपाएपछि फोहोर मैला व्यवस्थापन सम्बन्धी फाइल नै लुकाएको आरोप लगाए ।

स्थापितले भने–कांग्रेसले काठमाडौंमा फोहोरको राजनीति पहिले देखिनै गरेको हो । मेरै पालामा फोहोरबाट मल बनाउने गरी सबै काम अघि बढेको थियो । त्यस बेला स्थानीय निकाय थियो, अहिलेजस्तो स्थानीय सरकार थिएन । तालुकवाला मन्त्री रामचन्द्र पौडेल थिए । उनले मेरो एक्सपर्टसँग मेयरको पनि भुँडी छ, मेरो पनि भुँडी छ भनेर १६ करोड मागेका कारण त्यो नपाएपछि फाइल लुकाए । त्यसकै कारण फोहोरमा समस्या आएपछि गिरिजाप्रसादले सात दिनमै उनलाई स्याक गरेका थिए ।

मेयर उम्मेदवार स्थापितले आफू मेयर निर्वाचित भएको एक साताबाटै बिहान, दिउँसो र साँझ तीन पटक फोहोर उठाउने र एक वर्षभित्र दीर्घकालीन समाधान निकालेर देखाउने बताए । उनले केशव स्थापित काम गरेर देखाउने व्यक्ति भएकाले जनताले विश्वास गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...