नेकपा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ।सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा आज काठमाडौंमा गर्न लागिएको छ।

आज मध्यरातदेखि मौन अवधि सुरू हुन्छ। ‘एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ उहाँले भन्नुभयो, ‘देशभर नै सन्देश दिने उदेश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ।’ आजको सभामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिनुभयो ।

‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौँ,’ काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भन्नुभयो, ‘उहाँहरु तीन स्थानबाट जुलुस र झाँकीसहित भृकुटी मण्डपमा दिउँसो २ बजे पुग्नु हुनेछ । सभालाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सम्वोधन गर्नुहुने छ ।’

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...