पोखरामा एमालेको शक्ति प्रदर्शन, मतपत्र जोगाउन चनाखो बन्नुपर्छ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरा महानगरपालिकाको मेयर कृष्ण थापा र उपमेयर मन्जु गुरुङको टिमलाई मत माग्न पुगेका ओलीले सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै गठबन्धनका सबैखाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरुले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँचवटा बाँदरहरु छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न ।’

उनले पोखरामा गठबन्धनको आमसभामा माधव नेपालले कांग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर चेतावनी दिएकोमा व्यंग्य गरे । उनले कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० बाट प्रस्ट हुने दावी गरे । गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै ओलीले कांग्रेसको बेहाल भइरहेको टिप्पणी गरे । उनले गणेशमान र कृष्णप्रसाद भट्टराईले कांग्रेस छाडेको स्मरण गर्दै कांग्रेसका धेरै कार्यकर्ताको हालत त्यस्तै भएको बताए ।

गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले पोखरा महानगरपालिकामा आफ्नो बर्चश्व कायमै राख्न सबै शक्ति केन्द्रित गरेको छ । गठबन्धनले आइतबार चुनावी सभा गरेलगत्तै सोमबार एमालेले काउन्टर आमसभा गरेको छ ।

मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङसहित ३३ वटा वडाध्यक्षमै एमालेलाई जिताउँन आग्रह गर्दै अध्यक्ष केपी शर्मा ओली चुनावी सभामा पुगेका छन् । सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई लगायतका नेताहरुले पनि सम्बोधन गर्दैछन् । एमालेले पोखरामा गठबन्धनभन्दा ठूलो मास जम्मा गरेर शक्ति प्रदर्शन गरेको हो ।

              

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...