माओवादीका ३ जना वडाध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश, स्थापितलाई झनै सजिलो



हाम्रो इकोनोमि

 

 

 

नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उम्मेदवार राजेन्द्र श्रेष्ठ आफ्नो उम्मेदवारी हापेर एमालेमा प्रवेश गरेका छन् । श्रेष्ठसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गरेका श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको आरोप लगाए । श्रेष्ठले भने, ‘उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ । केही दिनअघि मात्रै पनि चितवन पुगेर प्रचण्डले चितवनमा आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्नुभयो तर हामी कार्यकर्तालाई कसरी जिताउने भन्ने सोच नै देखिएन ।’

श्रेष्ठसहित यसबीचमा माओवादीबाट काठमाडौंमा वडाध्यक्ष उम्मेदवार बनेका तीनजना एमालेमा प्रवेश गरेका छन् । यसअघि माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिका वडा १३ का वडाध्यक्ष उम्मेदवार रामशरण डंगोल र १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन उम्मदेवारी हापेर एमालेमा प्रवेश गरिसकेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...