मन्त्री श्रेष्ठले पनि धम्काए जनतालाई, दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

 

श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले पोखरा महानगरपालिकामा गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

पोखराको चुनावी कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले पोखरामा त्यसको गुण तिर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले हाम्रो तत्कालीन अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर तपाईंहरुका पार्टी सभापतिलाई यही हातले विश्वासको मत दिएका हौं । यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने धेरै ठूलो दुर्घटनामा मुलुक जान्छ । त्यसैले जसरी पनि जिताउनुपर्छ ।’ पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयर उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...