चुनावी सभामा हजारौं जनता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले गाउँकमिटी सिम्ता ,सुर्खेत को आयोजनामा सिम्ता स्तरीय वृहत् जनसभा सम्पन्न भएको हो । पार्टीका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

एमालेको चुनावी सभामा हजारौंले प्रवेश गरेका छन् । काङ्ग्रेस र माओवादी पार्टी बाट हजारौंको संख्यामा कार्यकर्ता भित्र्याउदै एमालेका नेताहरूले जनसभा नभएर बिजयी सभा भएको जिकिर गरेका हुन् ।

अध्यक्ष पदका उम्मेदवार ऐन बहादुर चन्दले नेकपा एमालेको नेतृत्वमा सिम्ताको बिकासले उचाई लिने बताए । उनले भने प्रत्येक वडाहरुमा नेकपा एमाले प्रतिको बिश्वास , लहर र समर्थले हामी हर्षित भएका छौँ ।

नेकपा एमालेका नेता कार्यकर्ताहरूले दिनरात नभनी जसरी सिम्तालाई लाल किल्ला बनाइराख्न खटिनु भएको छ , भोक प्यास र निद्रालाई वास्ता नगरिकन जनताको घरदैलोमा पुग्नु भएको छ । म तपाईंहरुको खटन प्रती सदैव गर्व गर्नेछु । हामी बिजय नजिक छौं  । सिम्तामा २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई हराएको थियो । यसपटक पनि चुनाव जित्नेमा एमाले विश्वस्त छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...