यसपालि मतपत्र च्यात्ने नसोचे हुन्छ : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले केपी ओलीले १४ महिनालाई पुग्ने विदेशी मुद्रा सन्चिती छाडेर हिँडेकोमा गठबन्धन सरकारले ६ महिनामै टाट उल्ट्याएको आरोप लगाएका छन् ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले केपी ओलीले जम्मा गरेको ढुकुटी सिध्याउने शेरवहादुर देउवा र उनका गठबन्धनकारीले एमालेमाथि औंला उठाउँने हक समेत नरहेको दाबी गरे । पाण्डेले देउवा र प्रचण्डको नक्कली माया पिरती केही दिनमै टुट्ने दाबी समेत गरे ।

पाण्डेले भने– अस्ति यहाँ भरतपुरमा आएर देउवाजीले रेनु दाहाललाई मैले उठाएको हो,प्रचण्डजीले होइन भन्नुभएछ । देउवाजी तपाईको यो प्रेम ज्यादै छोटो छ । यो कमजोर प्रेम धेरै परसम्म जाँदैन । नक्कली माया पिरती, चाउरे पिरती केही दिनमै टुट्नेवाला छ ।

नेता पाण्डेले अघिल्लो चुनावमा मतपत्र च्यातेर जितेजस्तो यसपटक हुन नदिने समेत बताए । पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले कांग्रेसले जितेका नगरपालिकालाई मात्र पैसा पठाउने भनी दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै आरजुलाई अहिले पनि राणा शासन नै छ भन्ने भ्रम परेको बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...