यसपालि मतपत्र च्यात्ने नसोचे हुन्छ : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले केपी ओलीले १४ महिनालाई पुग्ने विदेशी मुद्रा सन्चिती छाडेर हिँडेकोमा गठबन्धन सरकारले ६ महिनामै टाट उल्ट्याएको आरोप लगाएका छन् ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले केपी ओलीले जम्मा गरेको ढुकुटी सिध्याउने शेरवहादुर देउवा र उनका गठबन्धनकारीले एमालेमाथि औंला उठाउँने हक समेत नरहेको दाबी गरे । पाण्डेले देउवा र प्रचण्डको नक्कली माया पिरती केही दिनमै टुट्ने दाबी समेत गरे ।

पाण्डेले भने– अस्ति यहाँ भरतपुरमा आएर देउवाजीले रेनु दाहाललाई मैले उठाएको हो,प्रचण्डजीले होइन भन्नुभएछ । देउवाजी तपाईको यो प्रेम ज्यादै छोटो छ । यो कमजोर प्रेम धेरै परसम्म जाँदैन । नक्कली माया पिरती, चाउरे पिरती केही दिनमै टुट्नेवाला छ ।

नेता पाण्डेले अघिल्लो चुनावमा मतपत्र च्यातेर जितेजस्तो यसपटक हुन नदिने समेत बताए । पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले कांग्रेसले जितेका नगरपालिकालाई मात्र पैसा पठाउने भनी दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै आरजुलाई अहिले पनि राणा शासन नै छ भन्ने भ्रम परेको बताए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...