काठमाडौंका रैथाने नेवाः बस्ती र भित्री शहरमा एमालेको घरदैलो



हाम्रो इकोनोमि

 

नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहित काठमाडौंका प्राचीन र कोर नेवार बस्तिमा घरदैलो अभियान सञ्चालन गरेको छ ।

बसन्तपुर क्षेत्रमा कालभैरवबाट शुरु भएको एमालेको चुनावी र्याली तथा घरदैलोमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,नेता कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतका नेता समेत सहभागी थिए
चुनावी अभियानलाई सम्बोधन गर्दै काठमाडौं महानगरका चुनावी कमाण्डर समेत रहेका पोखरेलले मेयर उपमेयरसहित दुई तिहाई वडामा एमालेले जित्ने सुनिश्चत भइसकेको दावी गरे ।

 

पोखरेलले जनताले खोजेजस्तै उम्मेदवार एमालेले दिएको भन्दै घर घर गएर जनतालाई एजेण्डाबारे सुनाउन कार्यकर्तालाई आग्रह गरे । एमालेले काठमाडौं महानगरका कोर नेवार बस्ति केन्द्रित अभियानमा स्थानीय नेता कार्यकर्ता परिचालन गरेको छ भने मेयर विद्यासुन्दर शाक्य आफैं खटिएका छन् । उनी कोर नेवारी वस्तिमा लोकप्रिय छन् । मेयर उम्मेदवार स्थापितले आफू काठमाडौंका भित्री नेवार बस्तिहरुमा परिचित रहेको र सुनिता डंगोल झनै यहि बस्तिकी छोरी भएकाले आफूहरुको परिचय आवश्यक नरहेको बताए ।

 

          फोटो नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...