युवा नेता राजेन्द्र श्रेष्ठलाई बुढानिलकण्ठ-२ मा न्यानो स्वागत



हाम्रो इकोनोमि

 

 

शाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठले घर दैलोका क्रममा न्यानो स्वागत पाएका छन। २०७४ सालमा वडा नं २ को सदस्यमा निर्वाचित भए संगै निरन्तर वडावासीको सेवामा सक्रिय रहेका श्रेष्ठले वडामा गरेका पूर्वाधार निर्माण ,कोरोना प्रकोपको समयमा आइसोलेसन व्यवस्थापन,मानवीय सेवामा सक्रियता जस्ता सकारात्मक पहलका कारण निकै न्यानो स्वागत गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको अनुगमन समितिमा रहेर भूगोल र स्थानीयहरु संग परिचित रहेका श्रेष्ठले नगर प्रमुख उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुख उम्मेदवार अनिता लामा सहितको घर दैलोमा पुग्दा आफु वडा अध्यक्षमा निर्वाचित भएमा थप सुन्दर वडा बनाउन रात दिन नभनी लाग्ने प्रतिवदत्ता व्यक्त गरेका छन। श्रेष्ठ संगै यो निर्वाचनमा ओम कुमार खड्का र सुदर्शन लामा खुल्ला सदस्यमा उम्मेदवार रहेका छन भने ज्ञानु कार्की थापा महिला सदस्य र अनिता मिजार दलित महिला सदस्यको उम्मेदवार रहेका छन।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...