का.म.पा. ७ मा सबैले रोजेकाे कृष्णमणि भट्टराईकाे जित सुनिश्चित



हाम्रो इकोनोमि

 

 

आगमी बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचन अन्तर्गत काठमाण्डौ महानगरपालिकाको ७ नम्बर वडामा अध्यक्षका उमेद्वार कृष्णमणि भट्टराईको जित सुनिश्चित देखिएको छ । जनताको सेवामा समर्पित कृष्णमणि जनताले बोलाएको १० देखि १५ मिनेटमा उपस्थित हुने गरेकाले उनलाई एम्बुलेन्स नेताकारुपमा समेत चिनिन्छ ।

यसअघि वडा सदस्य समेत रहेका उनले पुर्वाग्रहभन्दा माथि उठेर जनताको सेवा गरेका कारण उनको जित सुनिश्चित भएको स्थानीय बासिन्दाले बताउन थालेका छन् । त्यसो त उनका प्रतिश्पर्धी नेपाली कांग्रेस बिमल होडा लाइन्स क्लब र नेपाल क्यान्सर सोसाइटीमा आवद्द भएको व्यक्तिले कसरी वडाबासीलाई समय दिनसक्छ रु भन्ने प्रश्न उठेको छ । त्यतिमात्रै हैन, नेपाली कांग्रेसमा रमेश महर्जन बागी उमेद्वारका रुपमा खडा भएपछि भट्टराईको बिजय हुने सम्भावना प्रवल देखिएको छ ।

त्यस्तै अर्का वडा अध्यक्षका उमेद्वार सुद्द कुमार डंगोल नेकपा एसबाट उमेद्वार बनेका छन्, जब कि उनी यसअघि वडा अध्यक्ष हुँदा राम्रो काम गर्ननसकेको आरोप लागेको छ । यी सबै कारणलाई सरसर्ति विश्लेषण गर्दा भट्टराईको जित सुनिश्चित अर्थात औपचारिक घोषणा हुनमात्र बाँकी रहेको कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...