का.म.पा. ७ मा सबैले रोजेकाे कृष्णमणि भट्टराईकाे जित सुनिश्चित



हाम्रो इकोनोमि

 

 

आगमी बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचन अन्तर्गत काठमाण्डौ महानगरपालिकाको ७ नम्बर वडामा अध्यक्षका उमेद्वार कृष्णमणि भट्टराईको जित सुनिश्चित देखिएको छ । जनताको सेवामा समर्पित कृष्णमणि जनताले बोलाएको १० देखि १५ मिनेटमा उपस्थित हुने गरेकाले उनलाई एम्बुलेन्स नेताकारुपमा समेत चिनिन्छ ।

यसअघि वडा सदस्य समेत रहेका उनले पुर्वाग्रहभन्दा माथि उठेर जनताको सेवा गरेका कारण उनको जित सुनिश्चित भएको स्थानीय बासिन्दाले बताउन थालेका छन् । त्यसो त उनका प्रतिश्पर्धी नेपाली कांग्रेस बिमल होडा लाइन्स क्लब र नेपाल क्यान्सर सोसाइटीमा आवद्द भएको व्यक्तिले कसरी वडाबासीलाई समय दिनसक्छ रु भन्ने प्रश्न उठेको छ । त्यतिमात्रै हैन, नेपाली कांग्रेसमा रमेश महर्जन बागी उमेद्वारका रुपमा खडा भएपछि भट्टराईको बिजय हुने सम्भावना प्रवल देखिएको छ ।

त्यस्तै अर्का वडा अध्यक्षका उमेद्वार सुद्द कुमार डंगोल नेकपा एसबाट उमेद्वार बनेका छन्, जब कि उनी यसअघि वडा अध्यक्ष हुँदा राम्रो काम गर्ननसकेको आरोप लागेको छ । यी सबै कारणलाई सरसर्ति विश्लेषण गर्दा भट्टराईको जित सुनिश्चित अर्थात औपचारिक घोषणा हुनमात्र बाँकी रहेको कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...