माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तरुण दलका ८ घाइते



हाम्रो इकोनोमि

 

 

चुनावी प्रचारको क्रममा रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । जसमध्ये ६ जनाको जिल्ला अस्पताल सल्ले र दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, वीरबहादुर वली, चन्द्रबहादुर खड्कालगायतको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । २ घाइते स्थानीय मेडिकलमा उपचार गराइरहेका छन् ।

झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको कांग्रेस कार्यकर्ताको आरोप छ । तर, माओवादीनिकटका युवाले भने चुडामणि शर्माको घर तोडफोड गरेको भन्दै तरुण दलका कार्यकर्तालाई लखेटेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाईसीएलले चौकी समेत सामान्य तोडफोड भएको हो । त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाईसीएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

माओवादी कार्यकर्ताहरूले नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा. १ च १२६२ नम्बरको जीपमा समेत आक्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले वाईसीएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताए । ‘त्यहाँ झडप भएको हो । घटनाबारेमा हामी थप अनुसन्धान गर्दैछौं’, उनले नेपाल प्रेससँग भने, ‘अहिले थप सुरक्षाकर्मी पठाइसकेका छौं । स्थिति नियन्त्रणमा छ ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...