परमादेशी गठबन्धनलाई बिदाई गर्ने सन्देश दिनुपर्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना शाखा सन्तान र नातागोताको व्यवस्थापन गर्न बनेको पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताएका छन ।

कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै गन्तव्य नभएको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरेर बाँडिचुँडी खानेमात्र रहेको आरोप लगाए ।

ओलीले भने, ‘यो परमादेशी गठबन्धन कसरी बनेको थियो भन्ने सबैलाई थाहा छ । २३ सिट ल्याएको कांग्रेस पार्टीका अध्यक्ष शेरबहादुर देउवा ढोडका लौरा टेकेर हिँड्न खोज्दै हुनुहुन्छ । यो परमादेशी सरकार हो, संसद र संवैधानिक प्रक्रियाबाट बनेको होइन । यो अन्तैबाट बनेका सरकारलाई हामीले बिदाई गर्ने सन्देश यस स्थानीय तहको निर्वाचनले दिनुपर्छ ।’

ओलीले मुलुकमा अहिले एमाले एकातिर र गठबन्धन अर्कोतिर रहेको भन्दै कांग्रेसले घोषणापत्रमा एमालेले गरेका विकासको विरोध गरेको आरोप लगाए । ओलीले कांग्रेसको घोषणपत्रमा आफ्ना सभापतिको नाम आठ ठाउँमा लेखेको र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेर गालीगलौज गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...