सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले दुर्व्यवहार गर्दा कर्मचारी बेहोस



हाम्रो इकोनोमि

 

 

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीमाथि दुर्व्यवहार गर्दा उनी कार्यकक्षमै बेहोस भएका छन्। बेहोस कर्मचारीलाई काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षमा लगिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै निगमका कार्यरत वरिष्ठ सहायक देवराज ओझालाई कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दा कर्मचारी बेहोस भएका थिए।

आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले यसअघि ओझालाई कार्यकक्षमा थुनेका थिए। उनलाई थुनेको सूचना सञ्चार माध्यममा दिएको भन्दै पुन: कार्यकक्षमा बोलाइ धम्की दिएका हुन्।

 

devraj ojha.jpg
अस्पतालको आकस्मिक कक्षमा कर्मचारी ओझा।

 

त्यही विषयमा कार्यकारी अध्यक्ष अधिकारीले समाचार लेखाएको भन्दै जागिर खाइदिने भन्दै धम्की दिएपछि ओझा बेहोस भएका थिए। उनी यात्रु सेवा विभागमा कार्यरत छन्।  यसअघि पनि अधिकारीले नेपाल एयरलाइन्समा ओझालाई आफ्नो कार्यकक्षमा छलफल छ भनेर बोलाइ अभद्र व्यवहार गरेका थिए।

कर्मचारीहरूका अनुसार अधिकारीले ‌ओझालाई आफ्नो कार्यकक्षमा बोलाएर मोबाइल कब्जा गरी कोठा बन्द गरेर अपशब्द प्रयोग गरी धम्की दिएका थिए। जागिर खाइदिने तथा भविष्यमा कतै काम नलाग्ने बनाइदिने भन्दै उनले धम्की दिएका थिए।

जसको नेपाल वायुसेवा कर्मचारी संघले आपत्ति जनाउँदै विरोधसमेत गरेको थियो। संघले ओझालाई गरिएको अभद्र व्यवहारप्रति अधिकारीले माफी माग्नुपर्ने तथा सोधिएको स्पष्टीकरण फिर्ता लिनुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...