सुटुक्क बिहे गर्दै केकी अधिकारी



 

 

धेरै कलाकारहरू छन्, जो आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन हिच्किचाउँदैनन् । ‘फलानोले गरिन् प्रेमी सार्वजनिक’ भन्ने टाइपका समाचारहरूसँग पाठक अभ्यस्त नै छन् ।

यस मामलामा फरक छिन् नायिका केकी अधिकारी । लामो फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक चर्चामा आएनन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता उनको छ । यस्ता विषयमा उनी मिडियासँग कहिल्यै खुलिनन् ।

यसैबीच, आज अचानक केकीले गुपचुप विवाह गर्न लागेको हल्ला भुसको आगो झैं फैलिएको छ । पुष्टि भने हुन नसकेको हल्लाअनुसार केकी आजभोलि नै एकदमै गोप्यरूपमा विवाहवन्धनमा बाँधिन लागेकी हुन् । हल्लाका विषयमा बुझ्न खोज्दा उनको फोन रिसिभ भएन । उनी निकटस्थ कलाकारहरूले सकारात्मक संकेत गरे पनि पुष्टि गर्न चाहेनन् ।

केकीनिकट एक अभिनेत्रीले भनिन्, ‘उनले पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् । भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यदि आजै विवाह हुन लागेको हो भने भोलि फोटो आइहाल्छ । त्यतिञ्जेल प्रतीक्षा गर्नुस् ।’ केकी कसैसँग रिलेसनसीपमा भए-नभएको विषयमा पनि उनले खुलाउन चाहिनन् ।

‘उनी हामीजस्तो आफ्नो प्राइभेट लाइफमा पनि बाहिर फतर-फतर गर्दै हिँड्ने कलाकार होइनन् । उनको प्राइभेसीको हामीले सम्मान गर्नुपर्छ,’ उनले भनिन् ।  केकीका बुबा निर्देशक बद्री अधिकारीसँग पनि बाहिर चलेको चर्चाका विषयमा जिज्ञासा राख्यौं । उनले न स्वीकार गरे, न अस्वीकार । यति मात्र भने, ‘म बाटोमा छु, यो विषयमा अहिले बोल्न मिल्दैन ।’ स्रोतका अनुसार केकी एक युवकसँग अफेयरमा थिइन् । उनी उमेरले केकीभन्दा कान्छा हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि