सुटुक्क बिहे गर्दै केकी अधिकारी



हाम्रो इकोनोमि

 

 

धेरै कलाकारहरू छन्, जो आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन हिच्किचाउँदैनन् । ‘फलानोले गरिन् प्रेमी सार्वजनिक’ भन्ने टाइपका समाचारहरूसँग पाठक अभ्यस्त नै छन् ।

यस मामलामा फरक छिन् नायिका केकी अधिकारी । लामो फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक चर्चामा आएनन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता उनको छ । यस्ता विषयमा उनी मिडियासँग कहिल्यै खुलिनन् ।

यसैबीच, आज अचानक केकीले गुपचुप विवाह गर्न लागेको हल्ला भुसको आगो झैं फैलिएको छ । पुष्टि भने हुन नसकेको हल्लाअनुसार केकी आजभोलि नै एकदमै गोप्यरूपमा विवाहवन्धनमा बाँधिन लागेकी हुन् । हल्लाका विषयमा बुझ्न खोज्दा उनको फोन रिसिभ भएन । उनी निकटस्थ कलाकारहरूले सकारात्मक संकेत गरे पनि पुष्टि गर्न चाहेनन् ।

केकीनिकट एक अभिनेत्रीले भनिन्, ‘उनले पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् । भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यदि आजै विवाह हुन लागेको हो भने भोलि फोटो आइहाल्छ । त्यतिञ्जेल प्रतीक्षा गर्नुस् ।’ केकी कसैसँग रिलेसनसीपमा भए-नभएको विषयमा पनि उनले खुलाउन चाहिनन् ।

‘उनी हामीजस्तो आफ्नो प्राइभेट लाइफमा पनि बाहिर फतर-फतर गर्दै हिँड्ने कलाकार होइनन् । उनको प्राइभेसीको हामीले सम्मान गर्नुपर्छ,’ उनले भनिन् ।  केकीका बुबा निर्देशक बद्री अधिकारीसँग पनि बाहिर चलेको चर्चाका विषयमा जिज्ञासा राख्यौं । उनले न स्वीकार गरे, न अस्वीकार । यति मात्र भने, ‘म बाटोमा छु, यो विषयमा अहिले बोल्न मिल्दैन ।’ स्रोतका अनुसार केकी एक युवकसँग अफेयरमा थिइन् । उनी उमेरले केकीभन्दा कान्छा हुन् ।

प्रतिक्रिया दिनुहोस
नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...

म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

    म्यानपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन् ।...

काभ्रेमा जिप दुर्घटना, २ जनाको मृत्यु ,३ जना गम्भीर घाइते

    काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...