चितवनमा १० कट्ठामा प्रचण्डको घर बन्दै



हाम्रो इकोनोमि

 

 

प्रचण्डले आफ्नै सम्पत्तिमा घर बनाएका छन् । चितवनको भरतपुरमा अहिले प्रचण्डको घर बनिरहेको छ  । भरतपुर महानगरपालिकाको वडा नम्बर २५ स्थित शिवनगरमा प्रचण्ड टोल छ। भरतपुरको चौबिसकोठीबाट करिब आधा घन्टामा पुगिने त्यो टोल प्रवेश गर्ने ठाउँमा राखिएको बोर्डमा ‘प्रचण्ड टोल विकास संस्था तपाईंहरूको हार्दिक स्वागत गर्दछ’ लेखिएको छ । यहाँबाट करिब २ सय मिटर दक्षिण लागेपछि दायाँतर्फ पर्खालको घेराभित्र एउटा घर बनिरहेको देखिन्छ । त्यो बन्दै गरेको घर प्रचण्डको हो।

 

करिब १० कट्ठा जमिनको मध्यभागतिर बन्दै गरेको घरमा केही दिनअघि मात्र पहिलो तला ढलान गरिएको छ। बन्दै गरेको घरको अघिल्तिरको एक छेउमा जस्ताले छाएको तीन कोठाको लामो टहरो बनाइएको छ। त्यो टहरो गार्ड/कर्मचारीका लागि बनाइएको हो। यहाँ केही कामदार पर्खालमा प्लास्टर गर्ने काम गरिरहेका छन्।

घर निर्माणको जिम्मा लिएका शिवनगरका बेगबहादुर गुरूङले करिब २ महिनामा काम सकिने बताए । दुई दिनअघि ढलान भयो । अब एक महिना यत्तिकै छाड्नुपर्छ । त्यसपछिको एक महिनामा गारो लगाउने, प्लास्टर गर्ने काम सकिन्छ,’ उनले भने । ५० फिट लम्बाइ ३५ फिट चौडाइको घरमा कति कोठा निकाल्ने अझै तय भएको छैन।

‘माघबाटै बनाउन थालेको हो । डिजाइन परिवर्तन भइरहँदा बनाउनमा ढिलो भयो,’ उनले भने, ‘कति वटा, कत्रा कोठा निकाल्ने अझै भन्नुभएको छैन । उहाँहरूले भनेपछि त्यहीअनुसार कोठा निकालिदिन्छौं।’ अहिलेलाई एक तलामात्रै बनाउन आफूले ठेक्का लिएको गुरूङले बताए ।

गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाइरहेका छन्। सबै जमिनलाई घेरिएको पर्खाल भने उनले ज्यालादारीमा लगाएका थिए । अब बन्दै गरेको घरको अगाडि दुईवटा पिलर उठाएर डिजाइन निकालिने उनले बताए ।

प्रचण्डका भतिज दाहालका अनुसार उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति हो। बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो।

हजुरबुबाले पछि आफ्नो पुरानो ४ कट्ठा जमिन फिर्ता गर्नुभयो, सबै जमिन नाति प्रकाश दाहालको नाममा पास गरिदिनुभएको थियो,’ उनले भने, ‘अहिले कसको नाममा छ भन्ने त मलाई पनि थाहा छैन ।’
प्रचण्डका बाबु मुक्तिराम भरतपुर-६ वैदिक नगरमा रहेको घरमा बस्थे । उनको त्यही निवासमा निधन भएको थियो।
घर बन्दै गरेको शिवनगर प्रचण्डले प्रतिनिधिसभामा जितेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...