कलाकार भनेका राष्ट्रका अमुल्य गहना हुन : मन्त्री आले



 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार भनेका राष्ट्रका अमुल्य गहना भएको बताउनु भएको छ । आज आरके इन्टरटेनमेन्ट गु्रपको २२ औँ वार्षिक उत्सब समारोहको उद्घाटन गर्नु हुँदै मन्त्री आलेले कलाकार तथा संस्कृति भनेको राष्ट्र चिनाउने माध्यम भएकाले कला तथा संस्कृति राष्ट्रको अमुल्य गहना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कला र संस्कृति भनेको राष्ट्र चिनाउने चिज हो, यसको संरक्षणका लागि मैले सधै सहयोग गर्ने छु ।”

उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री आलेले कलाकारकै कारण देशमा थुप्रै राम्रा रचनात्मक तथा परिर्वतनकारी काम भएकाले हामीले हाम्रा कलाकार तथा संस्कृतिलाई कहिलै विर्सिन नहुने बताउनुभयो । यसैगरी मन्त्री आलेले कला, संस्कृति संरक्षणका क्षेत्रमा आफु सहित आफ्नो मन्त्रालय सधै सकारात्मक रहेकाले आफुहरुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । उहाँले भन्नुभयो, “समाज परिवर्तनको अग्रतामा अहिले कलाकारिता क्षेत्र लागि रहेकाले मैले के सहयोग गर्नु पर्छ भन्नु होला, म सहित मेरो मन्त्रालय सहयोग गर्न तयार छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले आफुले राजनिती पेसाका रुपमा नलिएको र सेवाका रुपमा लिएकाले आफु सधै आम नागरिकको सेवामा लागि रहने समेत बताउनुभयो । कलाकारहरुले राष्ट्रका लागि बिभिन्न सकारात्मक योगदानका काम गरेको प्रति धन्यवाद दिनु हुँदै मन्त्री आलेले सधै सकारात्मक काम तथा राष्ट्रको हित हुने काम गर्न समेत कलाकारलाई आग्रह गर्नुभयो । यसैगरी मन्त्री आलेले आफुले पर्यटन मन्त्रालय सम्हालेदेखि सर्वहारा, श्रमजिवी वर्गका हित हुने काम गर्दै आएको र रोजगारीका लागि खाडी मुलुक जाने नेपाली श्रमिक दाजु, भाइ दिदि बहिनीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिशिष्ट कक्ष तथा बिश्रामस्थल निर्माणदेखि अन्य आवश्यक सेवा सुबिधाको प्रबन्ध मिलाएको जानकारी दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी व्यवसायीको मनपरि भएको र यात्रुहरुलाई मिटरमा जान नमान्ने गरेका कारण उनीहरुका समस्या समाधानका लागि भएपनि विमानस्थलमा सटल बसको व्यवस्था मिलाएको बताउनुभयो । बिगतका सरकारका पालामा धार्मिक क्षेत्र, मठ मन्दिर, धर्मशाला तथा सरकारी जमिन हडप्ने काम भएकाले ती हडपिएका जमिन लगायतका क्षेत्रहरु अहिले आफुले फिर्ता ल्याउन थालेको जिकिर गर्नुभयो । “बिगतमा पशुपति धर्मशाला तथा नारायणहिट्टी दरवार संग्रहालय कौडीका भाउमा दिइएको थियो मैले फिर्ता ल्याएको छु” मन्त्री आलेले थप भन्नुभयो, “सरकारी सम्पती कौडीका भाउमा दिने र हडप्न खोज्ने कसैलाई पनि उन्मुक्ति दिने छैन ।” उक्त वार्षिक उत्सब समारोहमा कोभिड तथा अन्य विषेश क्षेत्रमा योगदान पु¥याएको भन्दै २० जना राष्ट्रिय कलाकारलाई सम्मानीत गरिएको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
अमेरिकामा ग्रीनकार्डधारीहरू पनि असुरक्षित

    अमेरिकामा रहेका अवैध आप्रवासीहरू यसअघि नै त्रसित छन्, अब त ग्रीनकार्डधारीहरू

चैत ४ मा एमाले सचिवालय बैठक

    नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा.

पार्टी कमिटीमा व्यापक शुद्धीकरण गर्ने एमाले जरा अभियानको लक्ष्य

    नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियानमा सङ्गठनात्मक अराजकता र अवसरवादलाई

आन्दोलन गर्ने नेकपा एसको घोषणा

    नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पत्रकार सम्मेलन गरेर