अन्य दलका कार्यक्रता एमालेमा प्रवेश गराँउदै नेता मैनाली



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उहाँ बिहीबार बिहान एमाले प्रवेश गर्नुभएका हो । उहाँसहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले बताउनुभयो ।

 

 

कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित हुनुभएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुनुहन्छ । नुवाकोटमा २०५४ मा अधिकांश स्थानमा एमाले र राप्रपाले जित्दा उहाँ कांग्रेसबाट विजयी हुनुभएको थियो ।

उहाँहरूलाई पार्टीमा नेकपा एमाले नुवाकोटको अध्यक्ष एंव पुर्वमन्त्री माननीय कमरेड बद्री मैनाली स्वागत गर्नुभएको थियो ।  नेकपा एमाले तादि गाउँपालिका स्तरीय बिस्तारीत बैठकलाई सम्बोधन गर्दै  नेता मैनालीले नेपाली कांग्रेस परित्याग गरी रामचन्द्र तमाङ लगायत पार्टीमा प्रबेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...