श्रीलंकाका गभर्नरले दिए राजीनामा



हाम्रो इकोनोमि

 

 

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएको जानकारी उनले ट्वीटरमार्फत् दिएका छन् ।

मन्त्रीहरुको सामूहिक राजीनामाको सन्दर्भमा आफूले पनि राष्ट्रपति समक्ष राजीनामा बुझाएको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले जनाएका छन् । यसअघि श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्युसमेत उल्लंघन गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिएलगत्तै प्रधानमन्त्रीबाहेक सरकारका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयताकै खराब आर्थिक स्थितिबाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धनलगायतका वस्तुसमेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...