चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय



हाम्रो इकोनोमि

 

 

सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा ५ वटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ ।

प्रदेश, जिल्ला र पालिकामा ५ वटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने निर्णय भएको छ । त्यो संयन्त्रले चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा ५ दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउनेछन्’, मन्त्री कार्कीले पत्रकारहरूसँग भने ।

उनले तल्लो तहका संयन्त्रहरुले प्रतिवेदन बुझाएपछि मात्रै कहाँ कसरी तालमेल हुने भन्नेबारे टुंगो लगाउन सजिलो हुनेछ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै गठबन्धनमा रहेका दल नेताहरूले भ्रमणको सफलताको शुभकामना दिएको मन्त्री कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...