गठबन्धनले एमालेलाई कुनै असर पर्दैन : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै एमालेसँग लड्ने अब नेपालमा कुनै पनि पार्टीले सोच्नसम्म नसक्ने बताएका छन् । सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उनको दाबी छ ।

व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू गरेको तरकारी बजार उद्घाटन गर्दै ओलीले भने, ‘एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ । उहाँहरूले बुझेको यतिसम्म जरुरी छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिन्न भनेर यतिसम्म बुझेको ठीक छ । गठबन्धन गर्नैपर्छ उहाँहरूले ।’ अध्यक्ष ओली सत्तारूढ दलहरूबीचमा चुनावमा गठबन्धन हुँदा एमालेलाई कुनै फरक नपर्ने दाबी गरे ।

कतिपय साथीहरूलाई लाग्नसक्छ गठबन्धन गरेका छन् कतै अप्ठ्यारो पर्छ की ?’ उनले भने,‘मैले भन्ने गरेको छु, यदि एउटा तराजुमा एक-एक किलोका पाँचवटा ढक एकातिर क्विन्टलको ढक एकातिर राखे के हुन्छ ?’ उनले एमाले क्विन्टलको ढकजस्तो रहेको र अन्य दल एक किलोका ढकजस्तो रहेको बताए ।

पाँचवटा दलहरू मिलेर चुनावमा आउँदा एमालेलाई झन सहज हुने उनले दाबी गरे । उनले भने, ‘हामीलाई पनि साह्रै बच्चा भयो भने गाह्रो हुन्छ । पाँचजना थपिदैथपिदै आउनुभयो भने अलि बराबरबराबर लड्नपनि सजिलो हुन्छ सोझै लड्न पाइयो नि !’

पाँचजना अलगअलग हुँदा निहुरिएर लडाईं गर्दा झ्याउ हुने पनि उनले बताए । ‘पाँचजना भयो भने निहुरिएर बच्चाबच्चासँग कताकता लडाई गर्ने ? निहुरिएर लडाई गर्नुपर्छ,’ उनले भने । सत्ता गठबन्धनका दलहरूले गठबन्धन गर्ने भने पनि सजिलो भने नरहेको अध्यक्ष ओलीले बताए । उनले भने,‘यो त गठबन्धन भनेका हुन, गठबन्धन गर्न सजिलो छैन् ।’ लोभीपापीहरूको गठबन्धन बनाउन र जोगाउन गाह्रो हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...