छुट्टाछुट्टै कोठामा रात बसेको हो : पल शाह



हाम्रो इकोनोमि

 

 

बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले पीडित किशोरीसँग चिनजान भएपछि कुराकानी हुने गरेको र व्यवसायिक कामका सिलसिलामा भेट भइरहने गरेको बयान दिएका छन् ।

उनले भने, ‘काठमाडौं साँखुमा भेट, चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीहरूबीच फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरू विभिन्न स्थानमा गई बस्ने गरेका थियौं’, पलको बयानमा यसो भनिएको छ । २०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा रात बसेको उनले बताएका छन् ।

राति अबेरसम्म बियर खाँदै पीडित र आफूबीच म्यासेज आदान प्रदान भएको उनको भनाइ छ । सोही क्रममा राति पौने १२ बजेतिर बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई उनलाई बियर खान दिएर फर्किएको उनको भनाइ छ ।

त्यसपछि फेसवास लिएर आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको उनले बयान दिएका छन् । तर, पीडित नाबालिकाले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर आफूलाई फोन गरी महिनावारी रोकिएको बताएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...