अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महंगो



 

 

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुँदै गएको छ। यसले डलरको तुलनामा नेपाली मुद्रा कमजोर भइरहेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागि एक अमेरिकी डलर बराबर १ सय २३ रूपैयाँ ४४ पैसा तोकेको छ। राष्ट्र बैंकले तोकेको यो विनिमय दरका आधारमा वाणिज्य बैंकहरूले केही पैसा घटबढ गरेर कारोबार गर्दै आएका छन्।  अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन्।

डलर महँगो हुँदा आयातित सामानको मूल्य बढ्छ। यसले स्थानीय बजारमा उपभोग्य वस्तुहरूको मूल्य बढ्नेछ। उपभोक्ताले आफ्नो दैनिक उपभोग्य सामान किन्न पहिलेभन्दा बढी खर्च गर्नुपर्नेछ।

यो अवस्थामा वैदेशिक रोजगारमा गएका कामदारहरूबाट प्राप्त हुने रेमिटेन्स आम्दानी भने बढ्नेछ। निर्यात व्यापारबाट हुने आम्दानी पनि वृद्धि हुनेछ। तर निर्यातभन्दा आयातको परिमाण उच्च भएकाले अर्थतन्त्रमा नकारात्मक असर पर्ने अर्थशास्त्रीहरू बताउँछन्।

‘हाम्रोमा आयातको दाँजोमा निर्यात एकदमै कम छ। डलर महँगो हुनुले झट्ट हेर्दा निर्यात व्यापारलाई फाइदा देखिए पनि आयात महँगो हुँदा पेट्रोलियम पदार्थदेखि खाने तेल, खाद्यान्न लगायत सबै किसिमका उपभोग्य वस्तुहरूको मूल्य बढ्छ,’ अर्थशास्त्री विशाल चालिसेले सेतोपाटीसँग भने, ‘त्यसैले डलर महँगो हुनु उपभोक्तालाई घातक कुरा हो।’

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको