पार्टीभित्र कलह बढेपछि माओवादी फुट्को संघारमा



 

 

अमेरिकी सहायता परियोजना एमसीसी संशोधन नगरि अगाडि बढाउन नहुने पार्टीको नीति विपरित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएपछि माओवादीमा असन्तुष्टि सुरु भएको छ ।व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने निर्णयमा पूर्व स्थायी समितिका पाँच सदस्यले असन्तुष्टि जनाएका छन्। अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाउनुभएको हो ।

एमसीसीलाई सदनमा मतदान गर्दा उहाँहरुले बहिस्कार गर्नुभएको थियो । महाधिवेशनको नीति विपरित एमसीसी अनुमोदनमा सहमति जनाएको भन्दै असन्तुष्ट नेतारुले नेता श्रेष्ठलाई अर्को पार्टी खोल्नेसम्मको दवाव दिइरहेका छन् । त्यसमाथि प्रचण्डले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी छोडेर जानसक्ने कुरा ब्यक्त गरेपछि असन्तुष्टि झन चुलिएको छ। एमसीसीमा रुष्ट नेताहरुले प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्दै धम्क्याएको अर्थमा बुझेका छन् । स्रोतका अनुसार भेटमा प्रचण्डले श्रेष्ठलाई पार्टीलाई एकतावद्ध बनाएर जाऊँ, विवादबारे पार्टीकै बैठकमा छलफल गरौंला भन्दै सम्झाउने प्रयास गरेपनि श्रेष्ठले भने आफूले पार्टी छाडेर जाने कुरा नसोचेको भए पनि प्रचण्डको भनाइले सोच्न बाध्य पारेको जवाफ प्रचण्डलाई फर्काउनु भएको थियो ।

एसमीसी अनुमोदन गरेर जाने प्रचण्डको कदमसँगै पूर्व माओवादी घटकहरु पनि रुष्ट भएका छन् । पछिल्लो समय माओवादी नेता महराले नेक्रविक्रम चन्द ‘विप्लव’ लगायतसँग एकताको प्रयास थाल्नुभएको थियो । त्यही शिलशिलामा विप्लवले खुमलटारमा गएर प्रचण्डसँग भेटघाट पनि गर्नुभएको थियो । एमसीसीलाई लिएर माओवादीका कार्यकर्ता सडकमा गएपछि मोहन वैद्य पनि पूर्वमाओवादी घटकहरुबीच एकताका लागि सकरात्मक बन्दै गएका थिए । हालै वैद्य खुमलटारमा गएर प्रचण्डलाई एसमीसीका विपक्षमा जान समेत आग्रह गर्नुभएको थियो ।

तर, एमसीसी अनुमोदनको पक्षमा गएपछि माओवादी केन्द्रका नेताहरु मात्रै होइन, विप्लव र वैद्यहरु समेत रिसाएका छन् । यसअघि तत्कालका लागि सहयकार्य र दीर्घकालमा पार्टी एकताका लागि समेत तयार भएका विप्लवले एमसीसी अनुमोदनका लागि सहमत भएपछि प्रचण्डलाई उहाँले ‘राष्ट्रघाती’ नै भन्नुभएको छ । ‘प्रचण्ड र माधवजीको धोकाधडीका कारण यो पास भयो,’ एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा विप्लवले भन्नुभएको छ , ‘उहाँहरु त एकछिन पनि टिक्नुभएन नि, उहाँहरु भन्दा राष्ट्रवादी तर व्यवहारमा राष्ट्रघाती देखिनुभयो ।’ विप्लवले अब माओवादी केन्द्रसँगको सम्भावित सहकार्यको सम्भावना समेत सकिएको घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने