एमसीसी संसदबाट पास हुन्छ : महत



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताउनुभएको छ । आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उहाँले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो ।

डा. महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताउनुभयो । ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन,’ महतले भन्नुभयो । उहाँले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गर्नुभयो ।

कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताउनुभयो । ‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबुल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...