एमसीसी संसदमा टेबल भए विपक्षमा मत दिन्छौं : दुर्गा पौडेल



हाम्रो इकोनोमि

 

 

सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । बैठकमा जनमोर्चालाई भने बोलाइएको थिएन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘एमसीसी टेबल गर्न नै हुन्न । पेलेर पेश गरे विपक्षमा मतदान गर्छौं ।’

अरुलाई पनि विपक्षमा मत दिन अपील गर्ने उनले बताइन् । गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर निर्णय गर्ने उपाध्यष पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...